आहा ! रारा पोखरा गोल्डकपमा १२ टिमले प्रतिस्पर्धा गर्ने
पाेखरा | पुस २६, २०८०
पोखरा: पोखरा रंगशालामा माघ ९ देखि २० गतेसम्म हुने २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा विदेशी क्लबसहित १२ टिमले प्रतिस्पर्धा गर्ने भएको छन् । सहारा क्लबले पोखरामा आज (बिहीबार) पत्रकार सम्मलेन गर्दै प्रतियोगितामा दिल्ली फुटबल क्लब इन्डिया र पारो फुटबल क्लब भुटानसहित १२ क्लबले प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो ।
आहा रारा पोखरा गोल्ड कप मा गतवर्षको डिफेण्डिङ च्याम्पियन सङ्कटासँगै नेपाल पुलिस, त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, मछिन्द्रले प्रतिस्पर्धा गर्नेछ । यस्तै, चर्च ब्वाइज, जावलाखेल, राइजिङ स्टार, थ्री स्टार र आयोजक सहारा सहभागी हुनेछ ।
प्रतियोगितामा करिव १ करोड ८६ लाख आम्दानी हुने र १ करोड ४९ लाख ३ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरेको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए । प्रतियोगितामा बचत रकमबाट क्लबले फुटबल एकेडेमी चलाउँदै आएको छ ।
एकेडेमीमा ८ जिल्लाका १४ बालकहरू आश्रित छन् । यो चौथो ब्याच हो । प्रतियोगितामा उद्योगपति तथा पूर्व सांसद स्व. सूर्यबहादुर केसीको परिवारले साथ दिएको छ । त्यसैले उत्कृष्ट ५ पुरस्कार उनैको स्मृतिमा प्रायोजन गरिएको छ ।
प्रतियोगिताका विजेताले अघिल्लो इभेन्टमा १२ लाख पाएका थिए भने उपविजेताले ६ लाख पाएका थिए । अहिले पनि सोही पुरस्कार यथावत् रहने बताइएको छ । तर पुरस्कार राशि बढाउन आन्तरिक छलफल चलिरहेको क्लबले जनाएको छ । प्रतियोगिता पोखरा रङ्गशालामा हुने अध्यक्ष केशवराज बरालले बताए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

